Lajjawati Jhar - Mahesh Kafle

Lajjawati Jhar

Mahesh Kafle

00:00

05:14

Similar recommendations

Lyric

लजावती झारजस्तै लजाउँछौ

खै, कसरी यो सिउँदो सजाउँछौ

अल्लि वर आऊ

अल्लि वर आऊ, माया, बस मेरै छेउ

जुगै जाने पिरती लाम्ला, बैना रुमाल देऊ

अल्लि वर आऊ, माया, बस मेरै छेउ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

आगोमा घ्यु हालेझैँ भइहाल्छु

तिम्रो छेउमा पग्लिँदै गइहाल्छु

खै, कसरी आऊँ?

खै, कसरी आऊँ, माया, भन, तिम्रो छेउ?

लाज भाग्ने, आँट जाग्ने मन्त्र गरिदेऊ

खै, कसरी आऊँ, माया, भन, तिम्रो छेउ?

लाज भाग्ने, आँट जाग्ने मन्त्र गरिदेऊ

लाज भाग्ने, आँट जाग्ने मन्त्र गरिदेऊ

Mm, बुझ्नुपर्छ मनको कुरा केही नबोले नि

पढ्नुपर्छ आँखाहरू मुखै नखोले नि

अँधेरीमा जान सक्छु त्रिशुलीको तीरमा

तर तिम्रो सामु मुटु हुन्न कहिल्यै थिरमा

फूलै दिए कानैमा सिउरिन्छौ

हात समाउँदा लजाउँदै निउरिन्छौ

अल्लि वर आऊ

अल्लि वर आऊ, माया, बस मेरै छेउ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

अल्लि वर आऊ, माया, बस मेरै छेउ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

देखेपछि जूनझैँ त्यो मुहार

पसिनाले ज्यान भिज्छ नुहार

खै, कसरी आऊँ?

खै, कसरी आऊँ, माया? भन, तिम्रो छेउ

लाज भाग्ने, आँट जाग्ने मन्त्र गरिदेऊ

खै, कसरी आऊँ, माया? भन, तिम्रो छेउ

लाज भाग्ने, आँट जाग्ने मन्त्र गरिदेऊ

लाज भाग्ने, आँट जाग्ने मन्त्र गरिदेऊ

मनको कुुरा मनमै राखे ढिलो हुन सक्छ

पछि फेरि पछुताउँदै त्यो मन रुन सक्छ

कति कोरेँ तिम्रो लागि कविता र गीत

भन्न मात्रै नसक्या हो मैले तिमीसित

फुलेको फूल अर्कैले टिप्ला है

सम्झनामै जिन्दगी बित्ला है

अल्लि वर आऊ

अल्लि वर आऊ, माया, बस मेरै छेउ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

अल्लि वर आऊ, माया, बस मेरै छेउ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

लाज भाग्ने, आँट जाग्ने मन्त्र गरिदेऊ

जुगै जाने पिरती लाउँला, बैना रुमाल देऊ

लाज भाग्ने, आँट जाग्ने मन्त्र गरिदेऊ

- It's already the end -