00:00
04:01
महेश काफ्ले द्वारा प्रस्तुत 'नचा फिरिरी' गीत नेपाली सांस्कृतिक संगीतको एक सुन्दर उदाहरण हो। यो गीतले नेपाली लोकधुन र परम्परागत नृत्यहरूलाई समेटेको छ, जसले श्रोताहरूलाई रमाइलो र आनन्ददायक अनुभव प्रदान गर्दछ। महेश काफ्ले को विशेष गायनले यस गीतलाई अझै बढी लोकप्रिय बनाएको छ र नेपाली संगीतको गौरवमा योगदान पुर्याएको छ।
असारे महिना, सिमसिमे पानी परिरहेकै छ नि
तिमीलाई भेट्न भनेर छाता ओढेर आको, सानी
असारे महिना, सिमसिमे पानी परिरहेकै छ नि
तिमीलाई भेट्न भनेर छाता ओढेर आको, सानी
हावा चल्यो सिरिरी, आँतै जिरिरी
म बजाउँछु मुरली तिरिरी, तिमी नाच फिरिरी
हावा चल्यो सिरिरी, आँतै जिरिरी
म बजाउँछु मुरली तिरिरी, तिमी नाच फिरिरी
ए, तिमी नाच फिरिरी, लहै, नाच फिरिरी
♪
आँखा, यी दुई आँखा
तिम्रै लागि हो मेरो यो भाका
पारि वनमा कोइली गायो
तिम्लाई देखेरै मनै रमायो
पाउजु, पाउमा पाउजु
तिमीछेउ आउँदा म त लजाउँछु
हातमा चुरा, रातो चुरा
चिनो मायाको के छ, हजुर?
रुमालै दिऊँ त हराइजाला, फूल दिए ओइलाउला
यही ज्यान तिम्लाई उपहार भयो, सँगै जीवन बिताउँला
रुमालै दिए हराइजाला, फूल दिए ओइलाउला
यही ज्यान तिम्लाई उपहार भयो, सँगै जीवन बिताउँला
हावा चल्यो सिरिरी, आँतै जिरिरी
म बजाउँछु मुरली तिरिरी, तिमी नाच फिरिरी
हावा चल्यो सिरिरी, आँतै जिरिरी
म बजाउँछु मुरली तिरिरी, तिमी नाच फिरिरी
ए, तिमी नाच फिरिरी, लहै, नाच फिरिरी
हावा चल्यो सिरिरी, आँतै जिरिरी
तिमी बजाऊ मुरली तिरिरी, म नाच्छु फिरिरी
हावा चल्यो सिरिरी, आँतै जिरिरी
तिमी बजाऊ मुरली तिरिरी, म नाच्छु फिरिरी
लहै, नाच्छु फिरिरी, लहै, नाच्छु फिरिरी