00:00
04:54
सानैदेखि देखेको मैले कालेबुङ शहर
हेर्दाहेर्दै बितिगए जोबन लहर
हेर्दामा शीतल, चाँदी न पित्तल, मन उड्यो फरर
डाँडा र काँडा, हावा र पानी, यही नै हो घर र?
मनमा मेरो थियो, हजुर, हजारौँ रहर
रमिता हेरी बसिरह्यो कालेबुङ शहर
♪
उड्ने जति चरी भन्छन्, "म भुईँमा हिँड्ने हो"
तिमीलाई, सानी, पर्खिरहन्छु दुःख गरेर म
तिमीले साइनो बुझेनौ, सानी, मन रोयो धरर
तिमीले साइनो बुझेनौ, सानी, मन रोयो धरर
मनमा मेरो थियो, हजुर, हजारौँ रहर
रमिता हेरी बसिरह्यो कालेबुङ शहर
♪
मैले त तिम्लाई माया गरेँ, छैन तिम्लाई कर
जोसित तिम्ले जीवन बिताउँछौ, उसमै रहोस् भर
म जहाँ गए पनि, राजै, एउटै हो संसार
म जहाँ गए पनि, राजै, एउटै हो संसार
मनमा मेरो थियो, हजुर, हजारौँ रहर
रमिता हेरी बसिरह्यो कालेबुङ शहर
मनमा मेरो थियो, हजुर, हजारौँ रहर
रमिता हेरी बसिरह्यो कालेबुङ शहर