Kamana - Yabesh Thapa

Kamana

Yabesh Thapa

00:00

02:53

Similar recommendations

Lyric

अल्झाएर नराख है यो मुटुलाई

जान देऊ मलाई

यो फिक्का आकाशमा उड्न दिनू है मलाई

बादलहरू गर्जिए पनि नबोलाउनू है

यो तीतो भावना कहाँ ओकालौँ नि, खै

यो पछ्याइरहने यादबाट कहाँ भागौँ नि, खै

माया खोजिरहेँ यो पापी संसारबाट

कति रुवाउँछौ, माया? अब चाहिँ नढाँट

भन न मलाई, हामी दुईबीचको

सबै माया नै त थियो नि, हैन र?

बुझाइदेऊ न मलाई, सम्हालिराख न मलाई

बिलाउँदै छु आज, अँगालिराख न मलाई

हेरी बसेँ तिम्लाई उसकै अँगालोमा बाँधिएको

टाढैबाट टोलाइरहेँ, त्यो मुहार चन्द्रमाजस्तो

बोलाउन त मन थ्यो तर आँटै आएन

बसिरहन खोजेँ तर मनले चाहेन

संसारका सारा खुशी तिम्रै नाम होस्

यही नै छ मेरो कामना

- It's already the end -