Aagya - Official - Rachana Dahal

Aagya - Official

Rachana Dahal

00:00

04:54

Similar recommendations

Lyric

उठ न, गरौँ कुराकानी

जाँडले मत्त छौँ दुवै हामी

सुत्न सक्दिन म रातभरि

दुई रात कट्यो छटपटिई

टाट पल्टेर यो मन मेरो छरपस्ट भो

देखेर झट्टै भाग्यो यही चित्त फुटाउनलाई

बात मार्न आयो, फेरि हात थाम्न चाह्यो

पढेर चट्टै छाड्यो ती अतीतका पानालाई

खनेर दिएँ सुनको खानी

बनाएर राखेँ तिमीलाई रानी

फेर्ने कस्तो मन काँचुलीसरि

आजको भोलि अदलाबदली

टाट पल्टेर यो मन मेरो छरपस्ट भो

देखेर झट्टै भाग्यो यही चित्त फुटाउनलाई

बात मार्न आयो, फेरि हात थाम्न चाह्यो

पढेर चट्टै छाड्यो ती अतीतका पानालाई

यो शहरभरि

लेप्यौ रङ्ग रातो, मेरो शरीरभरि पनि

भएँ कङ्काल

मेट्न खोज्दा रित्तो भयो यो नगर

टाट पल्टेर यो मन मेरो छरपस्ट भो

देखेर झट्टै भाग्यो यही चित्त फुटाउनलाई-आई

ओ, ओ, ओ, हो

टाट पल्टेर यो मन मेरो छरपस्ट भो (ओ, ओ)

देखेर झट्टै भाग्यो यही चित्त फुटाउनलाई (ओ)

बात मार्न आयो, फेरि हात थाम्न चाह्यो

पढेर चट्टै छाड्यो ती अतीतका पानालाई

- It's already the end -