00:00
05:30
कता-कता छौ, कुन रूपमा, कुन सोचमा हराउँदै
कुन गीतको कुन बोलमा आफैलाई पहिल्याउँदै?
पर्खी बसेछु म बोकेर यो माया मेरो दिन तिमीलाई
आउनू मकहाँ, माया, तिमी हतारिँदै, बतासिँदै
♪
तिम्रो र मेरो, हाम्रो कथाको शीर्षक 'धैर्य' बनिसकेछ
तिमीलाई नदेखी तिम्रो अनुहार आँखामा मेरो बसिसकेछ, माया
♪
शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यही मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यही मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
♪
कता-कता छौ, कुन रूपमा, कुन सोचमा हराउँदै
कुन गीतको कुन बोलमा आफैलाई पहिल्याउँदै?
पर्खी बसेछौ कि बोकेर त्यो माया तिम्रो दिन मलाई
आउँदै छु, माया, तिमीकहाँ हतारिँदै, बतासिँदै